५ कार्तिक २०८३, बिहिबार

काठमाडौँ र ललितपुरका पाँच वटा ठेकेदार कम्पनी गरे कालोसूचीमा, को-को ?

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ माघ । समयमै खरिद बिक्री नगर्ने विभिन्न पाँच ठेकेदार कम्पनी कालो सूचीमा परेका छन् ।

प्रतिबद्धताबमोजिम काम नगर्ने ठेकेदार र ठेकेदार कंलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखी कारबाही गरेको हो । कालोसूचीमा परेकामा टोखा नगरपालिका धापासीको ‘डिएनके ट्रेडिङ प्रालि’, काठमाडौँ महानगरपालिका घट्टेकुलोको ‘क्वालिटी सेक्यूरिटी गुड्स सप्लायर्स’, काठमाडौँ महानगरपालिका इन्द्रचोकको नारायणदास श्रीनिवास र काठमाडौँकै पवन कुमार/नितेश कुमार छन् ।

ललितपुर महानगरपालिकाको पशुपति इन्टरनेशनल प्रालिलाई पनि सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा राखिएको छ । समयमै काम नगरेका कारण ठेकेदार कंलाई कालो सूचीमा राखिएको अनुगमन कार्यालयका सचिव कृष्ण देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती कम्पनीले एकदेखि तीन वर्षसम्म कुनै कारोवार गर्न पाउने छैनन् । ती कम्पनीले गरेको गल्तीका आधारमा कारवाहीको समयावधि राखिएको र उनीहरुले पुनरावेदन गर्न सक्ने व्यवस्था भएको सचिव देवकोटाको भनाइ छ ।