
धनगढी, १ माघ । राष्ट्रिय सभाको निर्वाचन नजिकिँदै जाँदा प्रदेश नम्बर ७ बाट एमालेका सम्भावित उम्मेदवारहरुको चर्चा सुरु भएको छ ।
राष्ट्रिय सभा सदस्यमा लामो समय पार्टीको विभन्न भूमिकामा रहेर काम गरेका नेताहरुले आफ्नो दाबी पेश गरेका छन् ।
तीन दशक भन्दा बढी पार्टी राजनीतिमा क्रियाशिल अछामका शेरबहादुर कुँबर, बैतडीका परमानन्द भट्ट, कञ्चनपुरका गोविन्द कलौनी, बझाङका भानु जोशी, कञ्चनपुरका रामकुमार ज्ञवाली, कञ्चनपुरकै भोजराज जोशी र कैलालीका महेश्वर पाठक लगायतको नाम चर्चामा छ ।
यसैगरी, महिलाबाट कञ्चनपुरकी नन्दा धामी, डडेल्धुराकी सकुन्तला नगरकोटी, इन्दु कठरिया, जीवन्ती पौडेल आदिको नाम चर्चामा छ ।दलिततर्फबाट भैरे कामी, लालबहादुर विक, अपिलाल ओकेडा, लक्ष्मी विक लगायतका नेताहरु चर्चामा रहेका छन ।
पार्टीमा लामो समयदेखि क्रियााशील रहेका र विगत लामोसमयसम्म कमै अवसर पाएका नेताहरुलाई पार्टीले राष्ट्रिय सभामा सम्मानपूर्वक भूमिका दिनुपर्ने कार्यकर्ताहरुको भनाइ छ ।















प्रतिक्रिया