५ कार्तिक २०८३, बिहिबार

सुजुकी सेलेरियोको टेष्ट राइड गर्दा बम्पर उपहारमा १ लाखसम्मको क्यासब्याक अफर

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ माघ । सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक किक्रेता तथा सीजी होल्डिङ्गको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले पुसदेखि नै राष्ट्रब्यापी रुपमा संचालन गरेको सुजुकी सेलेरियो टेष्ट राइड अभियानलाई निरन्तरता दिँदै आएको छ ।

उपभोक्तालाई खरिद निर्णय लिनुपूर्व पहिलो अनुभव तथा सन्तुष्टि प्रदान गर्ने सोचका साथ कम्पनीले आयोजना गरेको यस कार्यक्रम सुजुकीका आठवटा आधिकारिक शोरुम थापाथली, पुल्चोक, नयाँबजार, बालकुमारी, महाराजगंज, कंलकी, बौद्ध र नक्सालमा गत पुसमा सञ्चालन भई सफल भएको थियो । कम्पनीका अनुसार ५८२ जना ग्राहकले टेष्ट राईड गरी कार्यक्रममा सहभागी भएको छन् । सहभागी भएका ग्राहकहरुले सकारात्मक धारण व्यक्त गर्दै खरिद गर्नु अगाडी टेष्ट राईड गर्र्न सुविधा पाएकोमा सन्तुष्टि जनाएको छ ।

सेल्स, मार्केटिङ एण्ड स्ट्रयाटिजी डिजीएम सिरज पन्तले भने, ‘ग्राहकहरुको उल्लाहसपूर्ण सहभागिताले हाम्रो यो सुरुवातलाई आशापूर्ण प्रतिक्रिया दिएको छ । आगामी दिनमा सञ्चालन हुने टेष्ट राईड कार्यक्रममा पनि ग्राहकवर्गको सोही उल्लाहसपूर्ण सहभागिता प्राप्त हुनेमा आशावादी छौँ ।’

सेलेरिया ‘द परफेक्ट फेमिली कार’ नेपाली बजारमा गत पुस महिनामा टेष्ट राईड अभियान मार्फत बजारमा ल्याइएको थियो । हरेक टेष्ट राईडमा उपभोक्ताले आकर्षक उपहारका साथै १ जना भाग्यमानी उपभोक्ताले बम्पर १ लाख रुपैया ‘क्यासब्याक’ जित्न सक्ने कम्पनीले जानकारी दिएको छ ।