२ कार्तिक २०८३, सोमबार

जागिर छाडेर वेश्यालय चलाउने प्रहरी दुई युवतीसहित समातिए

28.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ माघ । काठमाडौँको कालिमाटीमा रेष्टुरेण्टको आवरणमा वेश्यालय चलाउने एक पूर्वप्रहरी दुई युवतीसहित समातिएका छन् ।

काठमाडौँको कालिमाटीस्थित भ्यू प्वाइन्ट नामक रेष्टुरेन्टको आवरणमा वेश्यालय चलाउँदै आएको खुलासा भएपछि पूर्वप्रहरी भिमबहादुर बिश्वकर्मा पक्राउ परेका हुन्। काठमाडौं इन्जिनियरीड कलेज अगाडि रहेको रेष्टुरेण्टबाट बिश्वकर्मासहित दुई युवतीलाई प्रहरीले पक्राउ गरेको हो ।

दुई महिलालाई राखेर विकले बेश्यावृत्तिमा लगाउँदै प्रहरीको अनुसन्धानमा खुलेको छ । पक्राउ परेका तीनै जनालाई सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाएको कालिमाटी वृत्तका डिएसपी प्रदीप क्षेत्रीले जानकारी दिए ।