५ कार्तिक २०८३, बिहिबार

नेरुडे लघुवित्तले १३ प्रतिशत बोनस शेयर दिने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, ३० पुस । नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/०७४ मा करिब रु साढे नौ करोड मुनाफा आर्जन गरेको छ ।

अध्यक्ष भेषप्रसाद धमलाले आव २०७३÷७४ मा बैंकले एक लाख नौ हजार ८१३ घर परिवारमा लघुवित्त सेवा पु-याइ ७३ हजार ८११ ऋणी सदस्यलाई रु तीन अर्ब नौ करोड ऋण लगानी गरेको बताउनुभयो ।

उहाँले रु एक अर्ब १३ करोड बचत संकलन गरेको जानकारी दिनुभयो । बैंकले सम्पूर्ण शेयर धनीलाई आव २०७३/७४ को वितरणयोग्य मुनाफाबाट ७ दशमलव ६८ प्रतिशत नगद लाभांश र १३ प्रतिशत बोनस शेयर वितरण गर्ने जनाएको छ ।

बैंकका प्रबन्ध सञ्चालक मणिकुमार अज्र्यालले बैंकको चुक्ता पूँजी रु ३४ करोड ५७ लाख ८० हजार पुगेको बताउनुभयो । – रासस