राजेन्द्र ठगुन्ना
डडेल्धुरा, १७ मंसिर । उद्योग मन्त्री महेश बस्नेतले मन्त्रालयहरुबीच समन्वय हुन नसक्दा उद्योगिक क्षेत्रका नयाँ गतिविधि अघि बढ्न नसकेको बताउनु भएको छ ।
बुधबार प्रेस चौतारी नेपाल डडेल्धुरा शाखाले गरेको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले उद्योग मन्त्रालयले गर्न चाहेका काम समन्वयको अभावमा अन्य मन्त्रालयमा गएर रोकिने अवस्था रहेको बताउनुभयो ।
अर्थमन्त्रालयले राजश्व संकलन गर्ने काम मात्र गरिरहेको बताउँदै उहाँले अर्थमन्त्रालयलाई राजश्व मन्त्रालय र अर्थमन्त्रालय गरि दुई मन्त्रालयमा विभाजन गर्नु पर्ने बताउनुभयो ।
उहााले उद्योग विभाग र घरेलु विभागलाई गाभेर एउटै विभाग बनाउनु पर्ने पनि बताउनुभयो ।
उहाँले दैनिक एक हजार पाँच सय बढीको संख्यामा नेपाली युवाहरु विदेशी भुमिमा कामको खोजीमा जाने गरेको भन्दै ती युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर प्रदान गर्न आफुले आफुले बिभिन्न योजनाहरु बनाएको बताउनु भयो । यो वर्षमा कम्तीमा २० हजार युवाका लागि रोजगारी सिर्जना गर्ने योजनामा आफु लागेको उहाँको भनाई थियो ।
त्यसैगरी उहाँले हरेक जिल्लामा ‘मेड ईन नेपाल’ महोत्सव मनाउने तयारी भैरहेको समेत जानकारी दिनुभयो ।













प्रतिक्रिया