५ कार्तिक २०८३, बिहिबार

हाइड्रो र पर्यटन आर्थिक विकासका मेरुदण्डः चन्द्रप्रसाद ढकाल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेनी, ३० पुस । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले हाइड्रो र पर्यटन मुलुकको आर्थिक विकासका मेरुदण्ड भएको बताएका छन् ।

म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा बेनीमा आयोजित छैठौं म्याग्दी महोत्सव तथा संक्रान्ति मेलालाई शुक्रबार सम्बोधन गर्दै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघले एक जिल्ला एक उत्पादन (ओडीओपी) कार्यक्रम संचालन गरेको बताए । उनले म्याग्दीमा कृषि उत्पादनका अतिरिक्त खनिज पदार्थको उत्पादन र प्रशोधनको उत्तिकै सम्भावना रहेको उल्लेख गरे ।

मुलुकले संघीय संबिधान पनि प्राप्त गरेको र सोही संबिधान बमोजिम सबै निकायका निर्वाचन सम्पन्न भइसकेकाले अव सवैको ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रित भएको उनले बताए ।