२ कार्तिक २०८३, सोमबार

राजेश हमालले केपी ओलीलाई के भने ?

31.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ पुस । महानायक राजेश हमालले अबको प्रधानमन्त्री केपी शर्मा ओली नै हुनुपर्ने तर्क गरेका छन् ।

संचारकर्मीसँगको कुराकानीमा हमालले राष्ट्रियतामा अडिग र निर्णायक नेताको रुपमा ओली स्थापित हुन सकेकाले प्रधानमन्त्रीको जिम्मेवारी दिनुपर्ने बताएका हुन् । पछिल्लो समय निर्णायक भूमिका खेल्न सफल देखिएका ओलीको नेतृत्वमा सरकार बन्न सके देश परिवर्तनको बाटोमा जाने हमालको दाबी थियो । उनले आफू ओलीको फ्यान भएको पनि बताए ।

फरक प्रसङ्गमा हमालले नेपालको परम्परा र संस्कृति लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

नेपालको संस्कृति भुलेर विदेशी संस्कृतिमा अहिले पुस्ता रमाएको प्रति हमालले चिन्ता व्यक्त गर्दै स्वदेशी संस्कृति नभुल्न सुझाब दिएका छन् ।

आफू बाल्यकालदेखि नै विदेशी परिवेशमा हुर्किएको भए पनि अब आफ्नै संस्कृतिलाई अंगाल्ने उनले बताए ।

“आफू आधुनिक परिवेशमा हुर्किए पनि पुरानो पहिचान र संस्कृतिमा फर्किएको छु । दौरा सुरवाल, ढिडो, गुन्दु्रक अगाल्न थालेको छु ।” हमालले भने ।

सन्तान चाँहिदैन भन्ने प्रश्नमा हमालले भने, “अहिलेको समयमा राजेश हमाल छ, २ सय वर्ष पछि जो पनि हुन सक्छ । हाम्रै पुस्ता चाहिन्छ भन्ने छैन ।”