२ कार्तिक २०८३, सोमबार

राष्ट्रपतिद्वारा ‘प्रचण्ड’को परिवारलाई रात्रिकालीन भोज, सिर्जना आइनन्

9.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । बाम गठबन्धनका दुई दल एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको तयारी भइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूरै परिवारलाई बोलाएर रात्रिकालीन भोज दिएकी छिन् ।

शुक्रबार राति ‘प्रचण्ड’को परिवार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर रात्रिकालीन भोजमा सरिक भएको हो । भोजमा प्रचण्डका छोरी,–ज्वाइँ, नाति– नतिना र पत्नी सीता दाहालसहित सरिक रहेको उच्च स्रोतले जनाएको छ ।

रात्रिकालीन भोजपछि राष्ट्रपति भण्डारी र प्रचण्डको परिवारले सामूहिक तस्बिर समेत खिचाएका थिए ।

राष्ट्रपति भण्डारीले ‘प्रचण्ड’को परिवारका लागि किन रात्रिकालीन भोजको आयोजना गरेकी हुन् केही बताइएको छैन । यस विषयमा शीतल निवासका जिम्मेवार अधिकारी र ‘प्रचण्ड’को सचिवालयले केही भन्न मानेन ।

राष्ट्रपति भण्डारीको भोजमा सरिक हुन भरतपुर महानगरपालिकाकी मेयर एवम् प्रचण्डकी छोरी रेणु दाहाल भरतपुरबाट शुक्रबार आएकी थिइन् ।

रात्रिकालीन भोजमा बीना मगर सहभागी भएकी थिइन् । तर, प्रचण्डकी अर्की बुहारी सिर्जना त्रिपाठीलाई भने बोलाइएको थिएन ।