काठमाडौं, २८ पुस । प्रधानन्यायाधीश गोपाल पराजुलीले कक्षा १० अर्थात ‘एसएलसी’ पास गरेको पाइएको छ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले पराजुलीले एसएलसी पास नगरेको र दुई नागरिकता भएको भन्दै शैक्षिक योग्यता र नागरिकतामाथि प्रश्न उठाएपछि सर्वाेच्च अदालतले उनका कागजपत्र झिकाएको छ । यसक्रममा सार्वजनिक भएको पराजुलीको मार्कसिटमा उनले तेस्रो श्रेणीमा एसएलसी पास गरेको देखिन्छ ।
पराजुलीले वीरगञ्जको नेपाल राष्ट्रिय विद्यापिठबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेको पाइएको हो । मार्कसिटमा भरतपुर केन्द्रबाट परिक्षा दिएको र सिम्बोल नम्बर ११७ रहेको गोपाल पराजुली उल्लेख छ ।
स्रोतका अनुसार पराजुली कक्षा १० को पहिलो परीक्षामा फेल भएका थिए । लगत्तै पुन परीक्षा दिएर पास भएका थिए । उनको शैक्षिक योग्यताबारे प्रश्न उठाउनेहरुले फेल भएको लेखेको तर पुन परीक्षा दिएर पास गरेको विषय लुकाएको पराजुली निकट स्रोतको दाबी छ ।
हेर्नुस मार्कसिटसहित:






















प्रतिक्रिया