२ कार्तिक २०८३, सोमबार

मेक्सिकोको सीमामा पर्खाला लाएरै छाड्छु– राष्ट्रपति ट्रम्प

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन, २८ पुस । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाउने आफ्नो पुरानो कार्यक्रम यथावत नै रहेको बताउनुभएको छ ।

उहाँले हाल रिपब्लिकन र डोमोक्र्याटहरुबीच भइरहेको वार्तामा पनि आफ्नो यो एजेण्डालाई कानुनकै रुपमा राख्न निर्देशन दिनुभएको छ । हाल उनीहरुबीच आप्रवासन सम्बन्धी वार्ता भइरहेको छ ।

उक्त आप्रवासनसम्बन्धी वार्तामा मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनुपर्ने विषयलाई पनि कानुनका रुपमा नै राख्न उहाँले सो आग्रह गर्नुभएको बताइएको छ ।

गएको मङ्गलबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका एकजना अधिकारीले सीमा सुरक्षामा कदम चाल्नु महत्वपूर्ण भएको भए पनि मेक्सिकोको सीमामा लगाउने भनिएको पर्खालको बारेमा भने तत्कालै कुनै पनि सम्भावना नरहेको सङ्केत गर्नुभएको थियो ।

उहाँको सो प्रतिक्रियापछि बुधबार मात्र राष्ट्रपति ट्रम्पले उक्त सीमा पर्खालबारे आफ्नो कार्यक्रममा रहेको र सो कार्यक्रम आफ्नो प्राथमिकताबाट कहिल्यै पनि नहट्ने पनि जानकारी दिनुभएको हो ।

यसअघि केही अवैध आप्रवासीलाई संरक्षण दिने एउटा कार्यक्रम बन्द गर्न आफूले राखेको प्रस्तावमा अदालतले अंकुश लगाइदिएपछि राष्ट्रपति ट्रम्पले अमेरिकी न्याय प्रणाली कमजोर र अनुचित भएको बताउनुभएको थियो ।

उहाँले अवैध आप्रवासीलाई अमेरिकाबाट निकाल्नुपर्ने भनी बनाइएको प्रस्तावमा कैयौँ पटकसम्म सरकारी तथा अदालती झमेला खेप्नुपरेको छ ।

त्यस्तै उहाँले मेक्सिकोसँग लगाउने भनेको पर्खालको विषयमा पनि विभिन्न प्रकारका विरोधी टिप्पणी आउने गरेका छन् । यस विषयमा यो असम्भव भन्दै उहाँको विरोध हुने गरेको छ ।

तर पनि त्यस विषयमा राष्ट्रपति ट्रम्प भने अडिग रहनुभएको छ । उहाँले उक्त कार्यक्रम आफ्नो राष्ट्रपतिको निर्वाचनकै एजेण्डा भएकोले गरेरै छोड्ने बताउनुभएको छ । एएफपी