
लण्डन, २८ पुस । लिग लडर बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति सेल्टा भिगोलाई ५–० ले पराजित बार्सिलोना समग्रमा ६–१ ले विजयी हुँदै अन्तिम आठमा पुगेको हो ।
पहिलो लेग १–१ गोलको बराबरीमा सकिएपछि बार्सिलोनाले दोस्रो देगमा मेसी, सुवारेजसहित कप्तान इनेस्टा लगायतलाई खेलाएको हो ।
घरेलु मैदानमा भएको खेलमा मेसीले १३औँ र १५औँ मिनेटमा गोल गर्दै २–० को अग्रता दिलाए थिए । जोर्डी अल्वाले २८औँ तथा लुइस सुवारेजले ३१औँ मिनेटमा गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै ४-० को अग्रता बनायो ।
बार्साका लागि खेल सकिन ३ मिनेट अगाडि इभान राकिटिचले पाँचौ गोल गरे ।
सेभिया र स्पानयोल पनि क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सेभियाले काडिजलाई समग्रमा ४–१ ले हराउँदा स्पानयोलले लेभान्टेलाई समग्रमा ३–२ ले पराजित गर्यो । – एजेन्सी















प्रतिक्रिया