५ कार्तिक २०८३, बिहिबार

रिजालको नेतृत्वमा आनको नयाँ कार्य समिति

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ पुस । नेपाल विज्ञापन संघ (आन)को नयाँ अध्यक्षमा कि एडभरटाईजिङ एजेन्सीका प्रवन्ध निर्देशक रविन्द्रकुमार रिजाल ‘शशी’ सर्व सम्मत रुपमा चयन भएका छन् । केही दिन अघि भएको उम्मेदवारी दर्तामा अन्य कसैको उम्मेदवारी नपरेपछि रिजाल सर्व सम्मत चयन भएका हुन् । तर यसको औपाचारिक घोषणा भने बिहीबारको साधारण सभाबाट हुने छ ।

आगामी ३ बर्षे कार्यकालका लागि अध्यक्षमा रिजाल सहित बरिष्ठ उपाध्यक्षमा सोमप्रसाद धिताल, प्रथम उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा धर्मेन्द्रकाजी श्रेष्ठ, महासचिवमा राजु कुइँकेल, सचिवमा कृष्णप्रसाद घिमिरे र सहकोषाध्यक्षमा पंकज प्रधानको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, सदस्यहरुमा रोधन प्रसाईँ, रमेश पुरी, विशालपुरुष ढकाल, अरुणकाजी स्थापित, किरण गैरे र सन्तोष खड्काको मात्रै उम्मेदवारी छ ।

कोषाध्यक्षमा भने दुई जनाको दाबी भएपछि सहमतिको प्रयास भैरहेको नेपाल विज्ञापन संघले जनाएको छ । कोषाध्यक्ष पदमा पिताम्बर पोखरेल ‘विजय’ र यमुना पौडेल ‘प्रतिमा’ ले उम्मेदवारी दिएका छन् ।