३० आश्विन २०८३, शुक्रबार

किम जोंग उनसँग भेटेरै वार्ता गर्ने दक्षिण कोरियाली राष्ट्रपतिको प्रस्ताव

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोल, २७ पुस । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले पनि आफू उत्तर कोरियाली नेतासँग भेटेर कोरियाको आन्तरिक विषयमा वार्ता गर्न तयार रहेको बताएका छन्।

राष्ट्रपति इनले हाल कोरियाली प्रायद्वीपमा देखिएको समस्या समाधानका लागि तथा दुई कोरियाबीचको सम्बन्धमा सुधारका लागि भेटघाट र वार्ता गर्नुपर्दछ र त्यसका लागि हामी तयार छौँ भने।

उनले दुई वर्षपछि भएपनि वार्ताको वातावरण बन्नु र वार्ता हुनु निकै महत्वपूर्ण कुरा हो भन्दै यसबाट अब आगामी दिनमा दुवै कोरिया र कोरियाली प्रायद्वीपमा सहज वातावरण निर्माणका लागि आफूहरु तयार रहेको धारणा उनले राखे।

गत वर्षमात्र दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित मुनले नयाँ वर्षका अवसरमा अर्थात् गत जनवरी १ मा दिनुभएको शुभकामना सन्देशमा पनि सम्बन्ध सुधारका लागि कोरियाली सम्मेलन (कोरिया समिट) को आयोजना गर्न सुझाव दिएका थिए।

साथै उत्तर कोरियाली नेता किम जोङ उनले पनि नयाँ वर्षको सोही सम्बोधनको क्रममा आफूहरु दक्षिण कोरियाको प्रस्तावमा वार्तागर्न तयार रहेको प्रतिक्रिया दिएका थिए।

त्यसै बमोजिम विकसित परिस्थिति अनुसार उत्तर र दक्षिण कोरियाको वार्ता सम्भव भएको थियो । सो वार्तालाई निरन्तरता दिन र कोरियाली प्रायद्वीपमा जारी तनावपूर्ण अवस्थाको सुधार गर्न संयुक्त राष्ट्रसंघले पनि आग्रह गरेको छ ।