१४ कार्तिक २०८३, शनिबार

कुर्सीमा बस्न नपाइ बिदा हुँदै

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । सर्वोच्च अदातलबाट पुनर्बहाली भएका डिन प्रा डा शशि शर्मा कुर्सीमा बस्न नपाउँदै बिदा हुँदै छन् ।

पदावधि सकिन चार दिन बाँकी छँदा सर्वोच्चको आदेशले पुनर्बहाली भएका उनी हाजिर गरे पनि डिनको कुर्सीमा बस्न पाएनन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

डिन कार्यालयमा चिकित्सा क्याम्पस, स्वावियुले तालाबन्दी गरेको छ । डा शर्माले आईटी विभागमा गई हाजिर गरिरहेका छन् ।

अदालतले चार वर्ष लामो मुद्दा किनारा लगाउँदै आइतबार उनलाई बहाली गरेको थियो ।