५ कार्तिक २०८३, बिहिबार

छैटौं उद्योग, व्यापार तथा साँस्कृतिक महोत्सव सुरु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मिना बुढाथोकी

सल्यान, २६ पुस । सल्यानमा छैटौं कृषि, पशु, वन, पर्यटन, उद्योग, व्यापार तथा साँस्कृतिक महोत्सव २०७४ बुधबारबाट सुरु भएको छ। जिल्लाको शारदा नगरपालिका वडा नम्बर १ श्रीनगरमा आजबाट शुरु भएको महोत्सव ५ दिन सम्म चल्ने आयोजकले जनाएको छ। महोत्सवको उदघाटन प्रमुख अतिथि बिना विभागीय मन्त्री तथा सल्यान प्रदेशसभा सदस्य टेकबहादुर बस्नेतले पानसमा बत्ती बालेर गर्नु भएको छ । यस्तै महोत्सवलाई प्रदेशसभा ६का सदस्यद्धय प्रकाश ज्वाला र गुलाब जंग शाह लगायतकाले सम्बोधन गर्नु हुनेछ ।

महोत्सबमा जिल्लाका कृषक उद्यमीहरुले उत्पादन गरेका खाद्यान्न बाली तथा बिभिन्न बालीका बिउ बिजन, तरकारी, फलफुल, दलहन नगदे बालीका साथै कृषि जन्यबस्तु, पशुजन्य, बनजन्य, घरेलु तथा साना उद्योगबाट उत्पादन गरिएका र हस्तकालबाट उत्पादन गरिएका सामाग्रीहरुको निशुल्क रुपमा अवलोकन गर्न ५२ वटा स्टलहरु राखिएको छ ।

कृषकहरुले उत्पादन गरेका सामाग्रीहरु प्रदर्शनीका लागी राखिएको र उत्कृट कृषकहरुलाई पुरुषकृत समेत गरिने आयोजकले जनाएको छ । सल्यान उद्योग बाणिज्य संघ सल्यानको आयोजना तथा जिल्लामा क्रियाशिल बिभिन्न सरकारी तथा गैरसरकारी संघ सस्थाको सहयोग महोत्सवमा संचालन गरिएको आयोजकले जनाएको छ ।