५ कार्तिक २०८३, बिहिबार

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नगद वितरण कार्यक्रम

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ पुस । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धादिङको झारलाङ्ग र रि गाँउगाविसमा नगद वितरण (क्यास क्याम्प) कार्यक्रमको आयोजना गरेको छ । विश्व खाद्य कार्यक्रमको आयोजना र वेल्ट हङ्गर हिल्फ (Welt Hunger Hilfe)को सहकार्यमा पुस १३ देखि २० गतेसम्म सो कायक्रम संचालन गरिएको बैंकले बुधबार जानकारी दिएको छ ।

विशेष गरी भूकम्प प्रभावित क्षेत्रमा स्थानीय बाटो निर्माण गरेवापत ‘कामका लागि नगद’ वितरण योजना अन्तर्गत उक्त नगद भुक्तानी गरिएको बैंकले जनाएको छ । बिकट मानिने गाउँहरुमा पनि बैंक जनताको घर दैलोमा पुगेर बैंकिङ सेवा प्रवा हगरिरहँदा स्थानीयहरुले खुशीयाली व्यक्त गरे । २ हजार ७७२ परिवारलाई कूल ३ करोड ४३ लाख ४ हजार वितरण गरि उक्त क्यास क्याम्प सफलता पूर्वक सम्पन्न गरिएको बैंकले बताएको छ ।

बैंकले देखाएको यस अग्रसरताले स्थानीय विकास निर्माणको काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउने विश्वास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेशराज पोखरेलले व्यक्त गरे ।