१४ कार्तिक २०८३, शनिबार

उपमेयर इन्दुकुमारी यादवले बैठकभित्र पतिसँगै बस्न माग गरेपछि…

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

बारा, २६ पुस । बाराको पचरौता नगरपालिकाकी उपप्रमुख इन्दुकुमारी यादवले नगर कार्यपालिकाको बैठकमा श्रीमानलाई बस्न दिनुपर्ने प्रस्ताव राखेपछि बैठक बस्न सकेको छैन ।

श्रीमान् विनोद यादवलाई बस्न नदिए नगरसभा नै रोक्ने उनले चेतावनी दिएकी छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

उपप्रमुख इन्दुकुमारी यादवले श्रीमानलाई सल्लाहकारका रुपमा नगर कार्यपालिकाको बैठकमा सहभागी गराउने प्रस्ताव गरेकी थिइन् ।

तर कार्यपालिकाको बैठकमै सहभागी गराउन कानुनतः नमिल्ने भन्दै एक सदस्यले आपत्ति जनाएका थिए । लगत्तै उनले श्रीमानलाई बस्न नदिए नगरसभा बस्न नदिने चेतावनी दिएको स्रोतको भनाइ छ ।

पचरौता नगरपालिकाको सभा २१ माघमा बस्दैछ । योजना छनोटका लागि उपप्रमुख यादवलाई संयोजक बनाइएको थियो ।

योजना छनोट समिति बनाउन बसेको बोर्ड बैठकमा उपप्रमुखले आफ्ना निकट व्यक्तिलाई सल्लाहकार तथा सहयोगी राख्न पाउनुपर्ने धारणा राखेपछि विवाद चर्किएको थियो ।

पचरौता नगरपालिकाका सुखारी चौधरीका अनुसार प्रमुख यादवले आफ्ना निकट व्यक्तिलाई सल्लाहकार तथा सहयोगी राख्न पाउनुपर्ने माग गरेकी थिइन् ।

बोर्ड बैठकमा बसेका वडाका अध्यक्षहरुले पनि उपप्रमुख यादवले आफ्ना निकट व्यक्ति राख्न पाउँदा आफूहरुले पनि राख्न पाउनुपर्ने माग गरेपछि विवाद भएको स्रोतको भनाइ छ ।