२ कार्तिक २०८३, सोमबार

FLASH NEWS: सर्वोच्चको आदेश लगत्तै डा. गोविन्द केसी अनशनस्थलबाटै पक्राउ

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । सर्वोच्च अदालतको मानहानीकोा आरोपमा डा. गोविन्द केसी सोमबार साँझ अनशनस्थलबाटै पक्राउ परेका छन् ।

सर्वोच्च अदालतले मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन आदेश दिएको केही घण्टा बित्न नपाउँदै महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले केसीलाई त्रिवि शिक्षण अस्पतालबाट पक्राउ गरेको हो । डा. केसीले स्वतन्त्र न्यायापालिकाको माग गर्दै सोमबारबाट प्रधानन्यायाधिशविरुद्ध आमरण अनशन थालेका थिए ।

सर्वोच्चका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले ‘केसीलाई पक्राउ गरी अदालतमा हाजिर हुन उपस्थित गराउनु’ भनी सोमबार साँझ गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा आदेश दिएको थियो। मानहानी गरेको भन्दै सर्वोच्चका शाखा अधिकृत नेत्र पौडेलले सर्वोच्चमा सोमबार  मुद्दा दर्ता गरेका थिए  ।