काठमाडौँ, २४ पुस । एनआईसी एशिया बैंकले २ नयाँ शाखाहरु तनहुँको आँबुखैरेनी र गोरखाको हरमटारीमा विस्तार गरेको छ । विस्तार गरिएका २ नयाँ शाखाहरुको सोमबार एक समारोहका बिच औपचारिक रुपमा उद्घाटन गरिएको बैंकले जानकारी दिएको छ ।
आँबुखैरेनी गाँउपालिकाका अध्यक्ष गिरबहादुर थापाबाट आँबुखैरेनी शाखाको र गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष श्रवण कुमार जोशीबाट गोरखा शाखाको औपचारिक रुपमा उद्घाटन भएको थियो ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । २ नयाँ शाखा कार्यालयहरुको विस्तारसँगै हाल यस बैंकले देशभर १५६ शाखा कार्यालयहरु, १४१ एटिएम एवम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको बताएको छ ।















प्रतिक्रिया