
काठमाडौँ, २४ पुस। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)मा सिएन पाण्डे समूहले उम्मेदवारी घोषणा गरेको छ ।
नाट्टाको निर्वाचन आउन केही दिन बाँकी रहँदा आज काठमाडौँमा संयुक्त व्यवसायी प्यानलको तर्फबाट पाण्डेको अध्यक्षतामा उम्मेदवारी घोषणा गरेको हो ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा अच्युत शर्मा गुरागाईं, द्वितीय उपाध्यक्ष सुनिल शर्मा, महासचिव रमेश थापा, सचिव हरिभक्त श्रेष्ठ, कोषाध्यक्ष राजकुमार थापामगर र सहकोषाध्यक्षमा सुरेन्द्र भट्टराई रहनुभएको छ ।
यस्तै सदस्यमा इनु थापा, कुमारमणि थपलिया, फुरी ग्याल्जेङ शेर्पा, सुदर्शन नेपाल, रमेश पौडेल, देवकी गुरुङ, राजु ढकाल र रमेश श्रेष्ठको नाम घोषणा गरेको हो ।
घोषणा सभामा अध्यक्षका दाबेदार पाण्डेले राजनीतिक आस्थाभन्दा माथि उठेर नाट्टामा काम गर्ने बताउनुभयो । उहाँले नाट्टामार्फत व्यवसायीको हकहित तथा पर्यटन, प्रवद्र्धन र विकासका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्पष्ट पार्नुभयो ।
नाट्टाको ५१औँ साधारणसभा यही पुस २८ गते काठमाडौँमा हुँदैछ । पचास वर्षअघि स्थापित ट्राभल तथा टुर व्यवसायीको छाता सगठन नाट्टाको भद्रपुर, पोखरा र धनगढीमा क्षेत्रीय तथा पाल्पामा जिल्ला शाखा रहेको छ । साधारणसभामा ४६७ मतदाताले भाग लिँदैछन् । रासस















प्रतिक्रिया