५ कार्तिक २०८३, बिहिबार

एनआईसी एशिया बैंकको २ नयाँ शाखा सिन्धुलीमाडी र बेसीशहरमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ पुस । एनआईसी एशिया बैंकले सिन्धुली र लम्जुङमा दुई नयाँ शाखा विस्तार गरेको छ । बैंकले सिन्धुलीको कमलामाई नगरपालिका–६, सिन्धुलीमाडी र लम्जुङको बेसीशहर नगरपालिका–७ मा आइतबार औपचारिक रुपमा शाखा उद्घाटन गरेको हो ।

सिन्धुली शाखाको उद्घाटन सिन्धुली जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष बिनेश कुमार श्रेष्ठले गरे भने लम्जुङ शाखाको उद्घाटन उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापाले गरे ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । २ शाखा कार्यालयहरुको उद्घाटनसँगै हाल यस बैंकले देशभर १५६ शाखा कार्यालयहरु, १४१ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको बताएको छ ।