२ कार्तिक २०८३, सोमबार

ओली र प्रचण्ड आज भेट्दै, के-के छन् एजेण्डा ?

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता हुँदैछ ।

बिहीवार चितवन गएका प्रचण्ड शनिबार काठमाडौं फर्किने कार्यक्रम थियो । तर मौसम खराबीका कारण हिजो भरतपुर विमानस्थलबाट विमान नउडेपछि प्रचण्ड चितवनमै रोकिएका थिए । प्रचण्ड आउन नसकेपछि हिजोका लागि तय गरिएको भेट स्थगित भएको थियो ।

ओली र प्रचण्डको भेट मुख्यतः पार्टी एकता तथा सरकार निर्माणका विषयमा केन्द्रीत हुने स्रोतले बतायो । पार्टी एकताको मोडालिटीका विषयमा एमाले अध्यक्ष ओलीले पार्टीका शीर्ष नेताहरुसँग आन्तरिक छलफल गरिरहेका छन् भने प्रचण्डका तर्फबाट पनि नेताहरु सक्रिय छन् ।

एमाले अध्यक्ष ओली नियमित स्वास्थ्य परीक्षणका लागि पुस २६ गते थाइल्याण्ड जाने कार्यक्रम छ । बैंकक जानुअघि ओली र
प्रचण्डबीच भेट हुन लागेको हो ।