२ कार्तिक २०८३, सोमबार

राप्तीपारि गाउँमा विद्यालय निर्माण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

schoolनेपालगन्ज, १६ मंसिर । बाँके जिल्ला राप्तीपारि बैजापुर गाविस–८ माहुस्थित जनभावना माविमा चारकोठे पक्की भवनको निर्माण सकिएको छ ।

विसं २०६३ मा फुसको घरबाट सञ्चालनमा आएको सो विद्यालयमा विसं २०६८ मा तीनकोठे पक्की घर निर्माण गरिए पनि विद्यार्थी सङ्ख्याको अनुपातमा कक्षा कोठा अपुग नै थियो ।

दुई कोरियन नागरिकले सो विद्यालय भवन अवलोकन गरेपछि सेभ द चिल्ड्रेन कोरिया थप चार कोठा निर्माणका लागि करिब ४० लाख उपलब्ध गराएको थियो ।

नेपालस्थित सेभ द चिल्ड्रेनले यहाँस्थित बाँके युनेस्को क्लबको सहकार्यमा भवन निर्माणका लागि सहयोग उपलब्ध गराएको क्बलका अध्यक्ष परवेजअली सिद्धिकीले जानकारी दिनुभयो ।

‘एडप्ट ‘ए’ परियोजनाअन्तर्गत सो भवन निर्माणका साथै विद्यालयको व्यवस्थापन पक्ष, कक्षा कोठामा फर्निचर, पुस्तक तथा अन्य शैक्षिक सामग्रीका लागि पनि ६ लाख ५० हजार र विद्यालयको पुरानो संरचना निर्माणका लागिसमेत सहयोग उपलब्ध गराएको छ ।

विद्यालयमा हाल १४६ छात्रछात्रा अध्ययनरत छन् ।

बैजापुर गाविसमा हाल एक उच्चमावि, तीन–तीन मावि र निमावि र चार प्रावि रहेको जिल्ला शिक्षा अधिकृत मनप्रसाद रेग्मीले जानकारी गराउनुभयो ।