५ कार्तिक २०८३, बिहिबार

इक्यान चितवनको अध्यक्षमा हिम्मत पुरीको उम्मेदवारी घोषणा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २२ पुस । चितवनका शैक्षिक परार्मश दिने संस्थाहरूको साझा संस्था शैक्षिक परामर्श संघ इक्यान चितवनको अध्यक्षमा हिम्मत पुरीले उम्मेदवारी घोषणा गरेका छन् ।

भरतपुरमा हुन लागेको इक्यानको अधिवेशनमा पुरीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । इक्यान चितवनको सचिव समेत रहेका उनले सबैको सरसल्लाहमा उम्मेदवारी दिन लागेको बताए ।

चितवन इक्यानको इतिहासमा नै पहिलो इक्यान चितवन शैक्षिक मेला सफलतापूर्वक सम्पन्न गर्न संयोजक रुपमा परीको भूमिका खेलेका थिए ।

अध्यक्षमा जितेपछि वैदेशिक शिक्षालाई अझै मर्यादित र व्यवस्थित एवम् कानून सम्मत बनाउन महत्वपूर्ण भूमिका खेल्ने समेत बताएका छन् ।

विद्यार्थीको शैक्षिक शुल्क बीमाको लागि पहल गर्ने, स्थानीय रुपमा रहेका शैक्षिक परामर्श व्यावसायीहरूलाई संस्थामा आवद्ध गराउने, उनीहरूको वैधताका लागि सहयोगी बन्ने, शैक्षिक परामर्शदाता संस्थाहरूलाई विभिन्न देशसंग सम्वन्धित परामर्श तालिमहरू प्रदान गर्ने, संस्थाहरूमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई क्षमता अभिवृद्धि गर्न तालिम प्रदान गर्ने, इक्यानमा आवद्ध सदस्य संस्थाहरूबीच सामूहिक लगानीको अवधारणा बनाउने, एक वर्षभित्रै व्यवसाय अनुसन्धान तथा प्रवद्र्धन समिति गठन गर्ने जस्ता एजेण्डा उनले अगाडि सारेका छन् ।