काठमाडौं, २१ पुस । अमेरिकाले पाकिस्तानलाई दिँदै आइरहेको आर्थिक सहयोग रोक्ने औपचारिक घोषणा गरेको छ । पाकिस्तान आतंकवाद अन्त्य गर्न असफल भएको आरोप लगाउँदै अमेरिकाले सहयोग रोक्ने घोषणा गरेको बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार पाकिस्तानलाई दिने गरिएको २५५ मिललियन डलरमा अमेरिकाले रोक लगाएको हो ।
पाकिस्तानले हक्कानी नेटवर्क र अफगान तालिवानविरुद्ध कारबाही नगरेसम्म सैन्य सहयोग रोक्का हुने अमेरिकी विदेश विभागले जनाएको छ ।
अमेरिकी विदेश विभागका प्रवक्ता हैदर नावर्टले सञ्चारकर्मीसँग भने, ‘आज म यस कुराको पुष्टि गर्दछु कि हामीले पाकिस्तानलाई दिने गरिएको सैन्य मद्दत रोक्दैछौं । जबसम्म पाकिस्तान सरकारले हक्कानी नेटवर्क र अफगान तालिवानसमेत अन्य चरमपन्थी समूहविरुद्ध निर्णायक कदम उठाउँदैन ।’
उनले अगाडि थपे , ‘हामी मान्दछौं कि यी समूहले अमेरिकी सैनिकलाई निशाना बनाइरहेका छन् । अमेरिका पाकिस्तानलाई सैन्य मद्दत निलम्वित गर्दछ ।’
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले झूठो बोलेको र चरमपन्थीलाई संरक्षण गरेको आरोप लगाउँदै ट्वीट गरेका थिए । ट्रम्पले भनेका थिए, ‘अमेरिकाबाट अर्बौं डलर मद्दत लिएर पनि चरमपन्थीलाई पालिरहेको छ । यो अमेरिकाको मुर्खतापूर्ण निर्णय हो । पाकिस्तानले हामीलाई धोका दिइरहेको छ ।’
















प्रतिक्रिया