काठमाडौँ, २० पुस । इंग्लिस प्रिमियर लिग फुटबलमा अतिरिक्त समयमा हेक्टर बेलेरिनले गोल गरेपछि आर्सनलले चेल्सीसँगको हार टारेको छ । बुधबार राति भएको खेलमा आर्सनल चेल्सीसँग २–२ को बराबरीमा राकिएको हो ।
यता चेल्सीले भने म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै लिगको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ । अवे मैदानमा भएको खेलमा पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको थियो । दुवै तर्फबाट दोस्रो हाफमा गोल भयो ।
६३ औँ मिनेटमा ज्याक विलशेरले गोल गर्दै आर्सनलको लागि खाता खोले । ६७ औँ मिनेटमा चेल्सीका इडेन हजार्डले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरी फर्काए । ८४ औँ मिनेटमा मार्कस एलोन्सोले गोल गरेसँगै खेलमा चेल्सीले अग्रता लियो ।
हार नजिक पुगेको आर्सनललाई इन्जुरी समयमा हेक्टर बेलरिनले गोल गर्दै बराबरीमा रोके । पछिल्लो खेलपछि चेल्सीको २२ खेलबाट ४६ अंक प्राप्त गर्दै दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड भन्दा एक अंकले पछि परेको छ । यस्तै २२ खेलबाट ३९ अंक पाएको आर्सनल अंक तालिकाको छैटौँ स्थानमा छ ।















प्रतिक्रिया