२ कार्तिक २०८३, सोमबार

त्रिवेणी कपको उपाधि वेंसीशहरलाई

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वेंसीशहर, लमजुङ, १९ पुस । जिल्लाकै सर्वाधिक पुरस्कार राशि रहेको त्रिवेणी कप फुटवल प्रतियोगिताको उपाधि वेंसीशहर युथ सोसाइटीले जितेको छ ।

आज भएको फाइनल खेलमा आयोजक त्रिवेणी युवा क्लबलाई ट्राइब्रेकरमा हराउँदै वेंसीशहर युथ सोसाइटीले उपाधि जितेको हो । वेंसीशहरस्थित त्रिवेणी खेल मैदानमा भएको खेलमा निर्धारित समयमा गोल हुन नसकेपछि ट्राइब्रेकरमा वेंसीशहर युथ सोसाइटी ३¬–२ गोल अन्तरले विजयी भएको हो ।

विजेताले नगद रु तीन लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, उपविजेता त्रिवेणी युवा क्लबले रु एक लाख ५० हजार पाएको छ । यही पुस १२ गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा २३ टिमको सहभागिता रहेको थियो । रासस