काठमाडौं, १९ पुस । सरकारी कागजपत्र कीर्ते मुद्दाको अनुसन्धानका लागि एमाले सांसद तथा पूर्वडिआइजी नवराज सिलवाललाई पक्राउ गर्न महानगरीय प्रहरी परिसर ललितपुरको टोली गोदावरीस्थित सिलवालको घर पुगेको छ ।
प्रहरी परिसर काठमाडौंको पत्र पाएसँगै ललितपुर परिसरको निर्देशनमा मंगलबार बेलुका महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट गोदावरीस्थित सिलवालको घरमा पुगेको प्रहरी टोली उनी घरमा नभएपछि रितो हात फर्किएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवाललाई पक्राउ गरी बुझाउन मंगलबार ललितपुर प्रहरीलाई पत्राचार गरेको थियो। पत्र प्राप्त गरेलगत्तै ललितपुर प्रहरीको टोली सिलवाल निवास पुगेको हो।
ललितपुरका प्रहरी प्रमुख एसएसपी गणेश ऐरले काठमाडौं परिसरको पत्रअनुसार नै प्रहरी सिलवाल निवासमा पुगेको जानकारी दिए । ‘हाम्रो टोली गोदावरी गएको हो। घरमा सिलवाल नभएपछि फर्कियो,’ उनले भने।
















प्रतिक्रिया