काठमाडौं, ३१ वैशाख । संयुक्त राष्ट्र संघका सहायक महासचिव तथा एसिया–प्रशान्त क्षेत्रीय ब्युरोका निर्देशक हाओलियाङ झु चारदिने भ्रमणका क्रममा काठमाडौ आइपुगेका छन् ।
भ्रमणका क्रममा उनले नेपालको विकासको वर्तमान अवस्थाको जानकारी लिने छन् । सहायक महासचिव झु आज (बुधबार) काठमाडौं आइपुगेका हुन् ।
नेपाललाई संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको निरन्तर सहयोग रहने अवगत गराउने कार्यक्रम छ । गतवर्षको सेप्टेम्बर महिनामा पद बहाली गरेपछि हाओलियाङको यो पहिलो नेपाल भ्रमण हो ।
नेपालमा रहँदा उनले प्रधानमन्त्री सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, अर्थमन्त्री डा रामशरण महतलगायतसँग भेट गर्ने राष्ट्र संघले जनाएको छ ।














प्रतिक्रिया