काठमाडौँ, १९ पुस । इंलिस प्रिमियर लिग फुटबलको मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीले घरेलु मैदानमा वाट्फोर्डलाई ३–१ ले हराएको छ । शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले १५ अंकको अग्रता कायम गरेको छ । यसअघिको खेलमा सिटी क्रिष्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको थियो ।
वाट्फोर्डसँगको खेलमा म्यानचेस्टर सिटीका रहीम स्टर्लिङले खेल सुरु भएको ३८ औँ मिनेटमा नै गोल गर्दै सुरुवाति अग्रता दिलाए । १३ औँ मिनेटमा वाट्फोर्डका क्रिस्टियन काबासेलीले आत्मघाती गोल गरेपछि सिटीको अग्रता दोब्बर भयो । पहिलो हाफमा २–० को अग्रता लिएको सिटीका लागि सर्जियो अग्युरोले ६३ औँ मिनेटमा गोल गर्दै ३–० को अग्रता दिलाए । वाट्फोर्डका लागि ८२ औँ मिनेटमा आन्द्रे ग्रेले एक गोल फर्काए ।
जितसँगै सिटीको २२ खेलबाट ६२ अंकका साथ पहिलो तालिकाको पहिलो स्थानमा छ । म्यानचेस्टर युनाइटेडको ४७ अंकका साथ दोस्रो स्थानमा छ । -एजेन्सी















प्रतिक्रिया