२ कार्तिक २०८३, सोमबार

ओलीले सन्यास लिनुपर्छ भन्ने योगेशको भनाइले एमालेमा हलचल, यस्तो छ नेताहरुको जुहारी

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ पुस । नेकपा एमालेका पोलिटव्युरो सदस्य विष्णु रिमालको एउटा प्रतिक्रियाले यतिबेला एमालेका नेताहरुबीच तरंग पैदा गरेको छ ।

माओवादीसँग एकताको विषयलाई लिएर सरकार र पार्टीको नेतृत्वका विषयमा एमालेका नेताहरुको अनेक टिकाटिप्पणी आइरहेका बेला एमाले नेता रिमालले सामाजिक सञ्जाल ट्वीटरबाट सांकेतिक रुपमा नेताहरुको कटाक्ष गरेका थिए । एमाले अध्यक्ष ओली र प्रचण्डले राजनीतिबाट सन्यास लिए उचित हुने भट्टराईको सुझावलाई इंगित गर्दै उनले चुनावका बेला बृद्ध ओलीले भाषण गर्न नपुगेको भए भट्टराई लगायतका नेताहरुले जित्न पनि कठिन रहेको भन्ने ढंगले व्याख्या गरेका छन् । यसले नयाँ तरंग मात्र ल्याएको छैन्, सार्वजनिक रुपमै नेताहरुको जुहारी नै देखिएको छ ।

उनले ट्वीटरमा लेखेका थिएः

रिमालको यो बाँणले एमालेका केन्द्रीय सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईलाई नराम्रोसँग घोचेछ । त्यसैले भट्टराईले पनि सार्वजनिक रुपमै सामाजिक सञ्जालबाट यसरी जबाफ फर्काएका छन्ः

भट्टराईले केही दिन अघि मात्रै काठमाडौँमा आयोजित कार्यक्रममा पार्टी एकतापछि राजनीतिबाट सन्यास लिएर राजनेता बन्न ओली र प्रचण्डलाई सुझाव दिएका थिए । ओली र प्रचण्डले सक्रिय राजनीतिबाट सन्यास लिएको घोषणा गरेर दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु उचित हुने भट्टराईको तर्क थियो ।