
काठमाडौं, १८ पुस । नेकपा एमालेका सांसद तथा पूर्वडीआइजी नवराज सिलवाललाई तत्काल पक्राउ गर्न काठमाडौँ प्रहरी परिसरले पत्र काटेको छ ।
सांसद तथा पूर्वडीआइजी सिलवाललाई तत्काल पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले ललितपुर प्रहरी परिसरलाई मंगलबार पत्र काटेको हो । महानगरीय प्रहरीको दबाबमा काठमाडौँ प्रहरीले ललितपुरलाई पत्र काटेको स्रोतले बतायो ।
डीआइजी सिलवाललाई कार्यसम्पादन मूल्यांकन किर्ते गरेको आरोप लागेको छ । सोही विषयमा अनुसन्धानका लागि पक्राउ गर्ने मनस्थितिमा प्रहरी हेडक्वार्टर देखिएको छ । सिलवालविरुद्ध केही दिनअघि काठमाडौं प्रहरीले मुद्दा समेत दायर गरेको थियो । पूर्वडिआइजी सिलवाल भने किर्ते प्रकरणमा आफ्नो संलग्नता नभएको बताउँदै दोषीमाथि कारबाही हुनुपर्ने बताउँदै आएका छन् ।















प्रतिक्रिया