५ कार्तिक २०८३, बिहिबार

जिफन्टको सातौँ राष्ट्रिय महाधिवेशन चैत तेस्रो साता

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ पुस । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को सातौँ राष्ट्रिय महाधिवेशन आगामी चैत्र १४–१७ गते गर्ने निर्णय गरिएको छ । सोमबार बसेको महासंघ राष्ट्रिय कमिटीको ८९ औँ बैठकले महाधिवेशनको मिति तय गरेको हो ।

राष्ट्रिय कमिटी बैठकले आगामी मार्च ८ तारिखका दिन महिला सम्मेलन आयोजना गर्ने समेत निर्णय गरेको छ । आगामी २०१८ फेब्रुअरी महिनामा युवा सम्मेलन गर्ने निर्णय पनि सोही बैठकबा भएको छ । सम्मेलनको मिति पछि तय हुने महासंघका महासचिव विष्णु लम्सालले जानकारी गराए ।

त्यस्तै, जिफन्टले प्रतिनिधिसभा सदस्यको समानुपातिक तर्फको निर्वाचन परिणाम तुरुन्त सार्वजनिक गर्न आयोगसँग माग गर्दै अनावश्यक ढिलाई नगर्न ध्यानाकर्षण गरेको छ । जिफन्टले सरकार तथा नेपाली काँग्रेसको प्रवक्ता जस्तो नबन्न समेत सचेत गराएको छ ।

बैठकमा जिफन्ट महाधिवेशन प्रतिनिधि परिषद प्रमुख मुकुन्द न्यौपाने तथा जिफन्ट अध्यक्ष विष्णु रिमालले समसामयिक राजनीति र आगामी दिनमा ट्रेड यूनियनले खेल्नुपर्ने भूमिकाका विषयमा मन्तव्य राखेका थिए । प्रतिनिधि परिषद प्रमुख मुकुन्द न्यौपानेले बाम एकता भाँड्न चलखेल भइहेको भन्दै त्यसमा चनाखो भइ जिफन्ट कार्यकर्ताहरु एक भएर अगाडी बढ्न आव्हान गरे ।

यसैगरी जिफन्ट अध्यक्ष रिमालले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठवन्धनले ठूलो विजय हासिल गरेको भन्दै महासंघको तर्फबाट गठवन्धनका दलहरु र विजयी उम्मेदवारहरुलाई बधाई दिएका छन् । अध्यक्ष रिमालले जिफन्ट एकिकृत ट्रेड यूनियन आन्दोलनको पक्षमा रहँदै आएको स्मरण गर्दै आगामी दिनमा अन्य ट्रेड यूनियनहरुसँगको एकता प्रकृयालाई निरन्तरता दिने बताए ।