५ कार्तिक २०८३, बिहिबार

नयाँ सहकारी ऐनलाई अध्ययन गरेर सहकारी चलाउन निर्देशन

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । नवधवलागिरी बचत तथा क्रृण सहकारी संस्थाको दशौ वार्षीक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभामा सहकारी बिभागका उपरजिष्टार नारायण ज्ञवालीले सहकारी ऐन २०७४ मसिनो ढंगले अध्ययन गरी सोहीअनुसार संस्थालाई अगाडि बढाउनु पर्नेमा जोड दिएका छन ।

ज्ञवालीले भनेका छन, ‘नीति, नियम र कानूनको पूर्ण जानकारी भएन वा सो अनुसार कार्य भएन भने दण्ड, जरिवानावा सजाय भोग्नु पर्ने हुँदा सहकारी सञ्चाल सहकारी ऐनको बारेमा जानकार हुनुपर्छ ।’

नेपाल उघोग महासघंका उपाध्यक्ष भीम पौडेलले सहकारीका सदस्य पनि संस्थामा के भैरहेको छ भनेर चासो र चिन्ता लिनुपर्ने बताए ।

चोतनशील महिला बचत तथा सहकारी सस्थाका अध्यक्ष सुमित्रा ढकालले महिलाको सहभागिता धेरै भएपनि नेतृत्व तहमा महिलाको उपस्थिति न्यून रहेकाले त्यसतर्फ सबैको ध्यानजान आवश्यक भएको बताएका छन् ।

संस्थाका अध्यक्ष युबराज न्यौपानेले वार्षिक प्रतिबेदन प्रस्तत गरेका थिए भने कोषाध्यक्ष हरि गौतमले आर्थिक प्रतिबेदन र लेखा समिति सदस्य शिब ज्ञवालीले लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए ।

संस्थाले आर्थिक वर्ष २०७३–७४ मा ८ करोड ९४ लाख २ सय ३६ रुपैयाँ निक्षेप सकंलन गरी ११ करोड २६ लाख ५१ हजार ३ सय ९३ रुपैयाँ कर्जा लगानी गरेको छ । संस्थामा ९ सय ८ जना सदस्य रहेका छन् । कार्यक्रममा दीपु पोख्रेल, कृष्ण ज्ञवाली लगायतले बोलेका थिए ।