काठमाडौँ, १७ पुस । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले आफ्ना ग्राहकहरुसँग अङ्ग्रेजी नयाँ वर्ष भव्यताका साथ मनाएको छ । द्रुत गतिको इन्टरनेटको पर्याय बनेको वर्ल्डलिंकको आयोजनामा सोमबार नयाँ वर्ष २०१८ को स्वागत गर्दै जावलाखेल मैदानमा भव्य मेलाको आयोजना गरिएको थियो ।
मेलाको १५ हजार भन्दा बढी दर्शकले अवलोकन गरेका वर्ल्डलिंकले जनाएको छ । इन्टरनेट सेवालाई अझ प्रभावकारी तथा गुणस्तर बनाउने उद्देश्यले आयोजना गरिएको उक्त मेलामा ग्राहकका अनुभव तथा चाहनालाई समेत बुझ्ने काम गरिएको कम्पनीको भनाइ छ । ग्राहकका सुझाव अनुरुप आगामी दिनमा वर्ल्डलिंकलाई अगाडी बढाउदै लगिने प्रतिबद्धता कम्पनीले जनाएको छ ।
वर्ल्डलिंकले ग्राहकलाई नजिकबाट चिन्ने तथा प्रत्यक्ष कुराकानी गरी ग्राहकको प्रतिक्रियालाई मध्यनजर गर्दै आगामी दिनमा राम्रो तथा गुणस्तरीय सेवा दिने उद्देश्यले कार्यक्रमको अयोजना गरेको वर्ल्डलिंकले बताएको छ ।
वर्ल्डलिंकले हाल देशका अधिकांश जिल्लामा तिब्र गतिको इन्टरनेट सेवा विस्तार गरेको छ । भेटघाट र शुभकामना आदानप्रदानका लागि गरिएको मेला प्रवेश निःशुल्क गरिएको थियो । सांगीतिक प्रस्तुति, फुड स्टल, फन गेम्स, म्याजिक सो, फेस पेन्टिङ लगायतका स्टलहरुमा यूवाहरुको भिड लागेको थियो । मेलामा लोकप्रिय ब्यान्ड कुटुम्ब, गायकहरु स्वप्न सुमन, नीतेशजंग कुवर, सबिन कार्की (बिष्ट) र द साउन्ड अफ स्ट्रिम्सलगायतको प्रस्तुतिमा दर्शकहरु झुमेका थिए ।















प्रतिक्रिया