काठमाडौं, १७ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार देशी तथा विदेशी शक्तिहरुको इशारामा सत्ता लम्ब्याउने प्रयासमा लागेको आरोप लगाएका छन् ।
इस्वी संवतको नयाँ वर्ष २०१८ को अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै ओलीले यस्तो आरोप लगाएका हुन् ।
उनले निर्वाचनमार्फत् वाम गठबन्धनले स्पष्ट बहुमत ल्याएपनि जनमत गुमाइसकेको वर्तमान सरकार सत्ता लम्ब्याउने र अझै पनि देशलाई अनिर्णयको बन्दी बनाउने प्रयासमा रहेको बताएका हुन् ।
‘देश विकास हुन नदिने केही स्वदेशी र विदेशी शक्तिहरूको इशारामा जनमतविरुद्ध जेजस्तो प्रयास भइरहेको छ, त्यो हामीलाई सह्य छैन’, ओलीको शुभकामना सन्देशमा भनिएको छ ।
ओलीले सन् २०१७ मा नेपालको राजनीति संक्रमण समाप्त भएको उल्लेख गर्दै यही वर्ष नेपालको न्यायापालिका र सुरक्षा क्षेत्रमा केही विसंगति भित्र्याउन असफल प्रयास पनि भएको बताएका छन् ।















प्रतिक्रिया