२ कार्तिक २०८३, सोमबार

सीमापारी आतंकवाद बन्द नहुन्जेल पाकिस्तानसँग क्रिकेट सिरिज हुँदैनः सुष्मा स्वराज

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, १७ पुस । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सीमापारी आतंकवाद बन्द नहुन्जेल पाकिस्तानसँग क्रिकेट सिरिज नहुने बताएकी छिन् । विदेशमन्त्री स्वराजले संसद बैठकमा पहिलो पटक क्रिकेटको सम्बन्धमा बयान दिँदै सोमबार यस्तो बताएकी हुन् ।

विदेशमन्त्री स्वराजले भनेकी छिन्, ‘जबसम्म पाकिस्तानले भारतविरुद्ध आतंकवाद फैलाउने तथा सैनिकलाई आक्रमण गर्ने क्रियाकलाप गर्न बन्द गर्दैन, तबसम्म दुई देशकोबीचमा क्रिकेट सिरिजको कुनै सम्भावना छैन ।’

न्युट्रल भेन्यू तर्था तेस्रो देशमा पनि भारत–पाकिस्तानबीच प्रतियोगिता स्वराजले नहुने बताइन् । क्रिकेट र आतंकवाद एकैसाथ चल्न नसक्ने उनले बताइन् । भारत र पाकिस्तानकोबीचमा पछिल्लो पाँच वर्ष क्रिकेट सिरिज हुन सकेको छैन । अन्तिम पटक २०१२/१३ मा दुई देशबीच सिरिज भएको थियो । भारतमा भएको ३ खेलको वनडे सिरिज पाकिस्तानले २–१ ले जितेको थियो ।

भारत र पाकिस्तानको आमनेसामने भने च्याम्पियन्स ट्रफिको फाइनलमा भएको थियो । जसमा पाकिस्तानले भारतलाई पराजित गर्दै ट्रफि जितेको थियो ।