५ कार्तिक २०८३, बिहिबार

आइएमई ग्रुपका अध्यक्ष ढकालद्वारा बागलुङ महोत्सवलाई सम्बोधन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङ महोत्सव–२०७४ लाई शुक्रबार बागलुङमा सम्बोधन गर्नुभएको छ ।

‘कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवर्द्घन’ भन्ने मूलनाराका साथ आयोजना गरिएको प्रदेश नम्बर ४ स्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सवलाई आइएमई ग्रुपले सह–प्रायोजन समेत गरेको थियो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष ढकालले बागलुङमा धेरै पहिला देखि नै रेमिटेन्स भित्रिंदै आएको र त्यहि रेमिटेन्सले आम बागलुङ्वासीको क्रयशक्ति पनि बढाएको प्रसङ्ग उल्लेख गर्नुभएको थियो । यसरी प्राप्त हुँदै आएको रेमिटेन्सलाई उत्पादनशील क्षेत्रमा आकर्षित गर्न हामी सबैको प्रयास आवश्यक पर्ने भन्दै सबै चरणका निर्वाचन पनि सम्पन्न भइसकेको र नेपालको सबै राजनीतिक नेतृत्वपनि आर्थिक विकासका मुद्दामा केन्द्रित रहेकाले अब मुलुकको आर्थिक विकासले गतिलिने अपेक्षा अध्यक्ष ढकालले गर्नुभयो ।

पर्यटन, लघु जलविद्युत र कृषि जस्ता क्षेत्रमा बागलुङको अत्यन्तै सम्भावना भएकाले आफु र आफु सम्बद्ध संस्थाहरु बागलुङको आर्थिक विकासमा सबैसँग सहकार्य गरि अगाडी बढ्न तयार रहेको जानकारी दिनुभयो ।

गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले उद्घाटन गर्नुभएको उक्त महोत्सवको उद्घाटन सत्रलाई सांसद देबेन्द्र पौडेल र डा. सूर्य पाठक लागायत स्थानीय उद्योगी ब्यवसायी र राजनीतिक दलका प्रतिनिधिहरुले सम्बोधन गर्नुभएको थियो ।

विक्रम सम्बत् २०६४ मा स्थापित आइएमई ग्रुप व्यवसायीक संस्था हो । यसले रेमिटेन्स, बैंक तथा वित्तीय संस्था, इन्स्युरेन्स, पर्यटन, जलविधुत, अटोमोबाइल, सूचना–प्रविधि, ट्राभल्स एण्ड टुर्स र ब्यापारका अन्यक्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको छ ।