काठमाडौं, १७ पुस । सरकारले विहीबार प्रदेश प्रमुखहरुको नियुक्ति गर्ने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बस्ने विहीबारको मन्त्रिपरिषद बैठकले ७ वटै प्रदेशका प्रमुखको नियुक्ती गर्ने उपप्रधान तथा स्थानीय विकासमन्त्री विजय गच्छदारले जानकारी दिए । संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुख नियुक्त गर्न निर्वाचन आयोगले ताकेता गरिसकेकाले सबै दलसँगको सल्लाहमा सरकारले निर्णय लिने उनको भनाई छ ।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले नियुक्त गरेका प्रदेश प्रमुखबाट सपथ नखाने भन्दै नियुक्ति नगर्न दबाब दिएका थिए । देउवाले नियुक्ति गर्ने प्रदेश प्रमुखहरुमा पूर्व सेनापति रुक्मांगत कटवाल, माइती नेपालकी संस्थापक अनुराधा कोइराला लगायतको नाम चर्चामा छ ।
यस्तै, उपप्रधानमन्त्री गच्छदारले प्रदेश राजधानीको चौतर्फी माग भइरहेका बेलामा सरकारले सबैको चित्त बुझाउने गरी निर्णय लिने बताए ।















प्रतिक्रिया