२ कार्तिक २०८३, सोमबार

देउवाविरुद्ध काँग्रेसमा ७ युवा नेताले गरे विद्रोह, यस्ता छन् प्रमुख माग (लिखित वक्तव्यसहित)

6.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । नेपाली काँग्रेसका युवा नेताहरुले नेतृत्वविरुद्ध सार्वजनिक रुपमै विद्रोह सुरु गरेका छन् । निर्वाचनमा पराजय भएको लामो समय वित्दापनि समिक्षा नगरेको, केन्द्रीय कार्यसमिति र महासमिति बैठक नबोलाएको भन्दै दोस्रो पुस्ताका ७ केन्द्रीय सदस्य विद्रोहमा उत्रिएका हुन् । उनीहरुले आइतबार लिखित रुपमै तत्काल केन्द्रीय कार्यसमिति र महासमिति वैठकको माग गरेका छन् ।

केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, गगन थापा, प्रदिप पौडेल र बद्रि पाण्डेले केन्द्रीय सदस्यहरुले जारी गरेको लिखित वक्तव्यमा तत्काल केन्द्रिय समिति बैठक र महासमिति बैठक बोलाउन माग गरिएको छ ।

निर्वाचनका सन्दर्भमा खडा अनेक प्रश्नहरुको हल खोज्न तथा नयाँ चुनौतीहरुको सामना गर्न पनि आत्मचिन्तन र विशेष तयारीको जरुरी रहेको जनाउँदै वक्तव्यमा यसका लागि पार्टीभित्र वृहत्तर एकताको आवश्यकता समेत औंल्याएका छन्। ३ पेज लामो वक्तव्यमा नेताहरुले आफूहरुसँगै काँग्रेसलाई पनि वदल्ने संकल्प समेत लिएका छन्। उनीहरुले पार्टीका आधिकारिक फोरमहरुमा छलफल चलाउनका लागि वैठकको माग वक्तव्य मार्फत गरेका छन्।