२९ आश्विन २०८३, बिहिबार

पशु बीमातर्फ कृषक आकर्षित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gai Palanरौतहट, १५ मंसिर । जिल्लामा पशु बीमा कार्यक्रमतर्फ कृषकको आकर्षण बढ्दो अवस्थामा रहेको पाइएको छ ।

रोग लागेर पशु मरेमा ९० प्रतिशत बीमा रकम क्षतिपूर्तिबापत कृषकले रकम पाउन थालेपछि पशु बीमा कार्यक्रम प्रभावकारी बन्न थालेको हो ।

जिल्ला पशु सेवा कार्यालय रौतहटले गाई माई (गाईलाई आमा मान्ने) कार्यक्रमअन्तर्गत विभिन्न गाविसमा पशु बीमा कार्यक्रम सञ्चालन गर्न सुरु गरेको छ ।

सो कार्यालयका पशु विकास अधिकृत खड्ककुमार मैनालीले चन्द्रपुर नगरपालिका, गौर नगरपालिकालगायत विभिन्न गाविसमा २०० भन्दा बढी कृषकले आ–आफ्ना पशुको बीमा गराएको बताउनुभयो । उहाँका अनुसार सरकारले पनि पशु बीमा कार्यक्रममा कृषकलाई अनुदान दिँदै आएको छ ।

पशु बीमा गर्दा प्रिमियरबापत २५ प्रतिशत रकम मात्रै सुरुमा बुझाउनुपर्ने हु्ँदा कृषकको यस कार्यक्रमतर्फ आकर्षण बढेको हो । कृषकले रु एक लाखको पशु बीमा गर्दा वार्षिक रु एक हजार ४५० मात्रै प्रिमियम बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

विरामी पशुको कुनै लापरवाही नगरिकन उपचारको क्रममा मरेमा जिल्ला पशु सेवा कार्यालय रौतहटको सिफारिसमा कृषकले सजिलैसँग बीमा रकम पाउने व्यवस्था रहेको अधिकृत मैनालीले बताउनुभयो ।