१ कार्तिक २०८३, आइतबार

भक्तपुरमा सडक दुर्घटना रोक्न सडकमै हवन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sadakभक्तपुर, १५ मंसिर । अरनिको राजमार्गअन्तर्गत सल्लाघारी क्षेत्रमा सडक दुर्घटना बढेपछि त्यसको न्यूनीकरणका लागि स्थानीय महिलाले रुद्री हवन पूजा गरेका छन् ।

सल्लाघारी क्षेत्रमा मात्र विगत तीन महिनामा पाँचजनाको मृत्यु भइसकेको छ ।

सडक दुर्घटना न्यूनीकरण्का लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि घटनामा कमी नआएकाले धार्मिक विधि र परम्पराअनुसार सडकको ग्रह शान्तिका लागि पूजा आयोजना गरिएको जनजागृति महिला समूहका अध्यक्ष भागिरथा सिटौलाले जानकारी दिनुभयो ।

सल्लाघारी क्षेत्रमा दुर्घटनामा मृत्यु भएकाको आत्माले शान्ति नपाएर पनि दुर्घटना बढेको हो कि भन्ने महिला समूहको ठम्याइ भएकाले पनि हवनको आयोजना गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो–“घरको गृह शान्तिपछि घरमा शान्ति भए जस्तै सडकको ग्रह शान्तिपछि दुर्घटनामा कमी आउने विश्वासले हवनको आयोजना गरिएको हो ।”