काठमाडौं, १६ पुस । एमालेका सचिव योगेश भट्टराईले एमाले–माओवादी केन्द्रबीच पार्टी एकीकरण भए लगत्तै सक्रिय राजनीतिबाट विवाद लिने दाबी गरेका छन् ।
काठमाडौंमा आइतबार बिहान आयोजित सम्मान कार्यक्रममा सचिव भट्टराईले यस्तो बताएका हुन् । ‘अब उहाँहरूले पटक पटक परिचय दिनु पर्दैन’, उनले भने, ‘उहाँहरू पार्टी अध्यक्ष र प्रधानमन्त्री बनिसक्नु भएको छ । सक्रिय राजनीतिभन्दा पनि उहाँहरूको काम अन्य विषयमा हुन्छ ।’
एमाले र माओवादी दुबै पार्टीमा दोस्रो तहका नेताहरू नेतृत्व लिन तयार भएर बसेको सचिव भट्टराईले बताए । उनले भने, ‘अब सक्रिय राजनीतिबाट विवाद लिनुभयो भने ओली र प्रचण्डको शालिक देशभरि बन्छ । यो भन्दा खुसीको अवसर कार्यकर्ताका लागि के हुन सक्छ ?’















प्रतिक्रिया