२ कार्तिक २०८३, सोमबार

देउवाले ल्याए हारेका नेता खुसी हुने प्रस्ताव, आरजु सांसद बन्ने !

12.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ पुस । प्रदेश र प्रतिनिधि सभामा नराम्रोसँग पराजित भएका नेताहरूलाई राष्ट्रिय सभामा ल्याउनका लागि नेपाली कांग्रेसभित्र लविङ सुरु भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले चुनाव हारेका प्रभावशाली तथा शीर्ष नेताहरूलाई राष्ट्रियसभामा ल्याउनको लागि गृहकार्य सुरु गरेसँगै केही नेताहरूले असन्तुष्टि नै पोख्न थालेका छन् ।

स्रोतका अनुसार चुनाव हारेका नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, अर्जुननरसिंह केसी, रमेश लेखक, एन.पी. साउद, डा.शेखर कोइराला, चन्द्र भण्डारी, डा. प्रकाशशरण महत, डा. आरजु राणा देउवा, विश्वप्रकाश शर्मा, विमलेन्द्र निधि, महेन्द्र यादव, रामकृष्ण यादव, फर्मुल्ला मन्सुर र दीपकुमार उपाध्यायलाई राष्ट्रिय सभामा लैजानेबारे लविङ भएको छ ।

कांग्रेसका नेता डा.शेखर कोइरालाले हारेका नेताहरूलाई राष्ट्रिय सभामा लैजाने विषयको खुलेरै विरोध गरेका छन् । डा.कोइरालाले चुनाव हारेकाहरूलाई यसरी राष्ट्रिय सभामा लैजाने तयारी गर्नु नै गलत भएको टिप्पणी गरेका छन् ।