२९ आश्विन २०८३, बिहिबार

सुनकोसी विद्युत् आयोजना पुनः सञ्चालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

electricityचौतारा, १४ मंसिर । सिन्धुपाल्चोकको राम्चे–५ जुरेमा साउन १७ गते गएको पहिरोले क्षति पु¥याएको सुनकोसी जलविद्युत् केन्द्र सञ्चालनमा आएको छ ।

पहिरोले क्षति पु¥याएपछि झन्डै चार महिनासम्म अवरुद्ध रहेको १० दशमलब ०५ मेगावाट क्षमताको सो आयोजना हाल अस्थायी रूपमा सञ्चालनमा ल्याइएको केन्द्रका इन्जिनियर सञ्जय पाठकले जानकारी दिनुभयो ।

तीनवटा मेसिनबाट पूरा क्षमतामा उत्पादन हुँदा दुई लाख ४१ हजार २०० युनिट विद्युत् उत्पादन हुने सो आयोजनामा पानीको बहावअनुसार हाल दुईवटा मेसिनमात्र सञ्चालन भई ७.२ देखि ८ मेगावाटसम्म मात्र विद्युत् उत्पादन हुँदै आएको केन्द्रले जनाएको छ ।

साउन १७ गते गएको जुरे पहिरोले सुनकोसी थुनिएको १२ घन्टापछि खुलेको कृत्रिम तालको बहावले बाँधको दुई ढोका बगाएको थियो ।

त्यस्तै थुनिएको ३७ दिनपछि भदौ २२ गते थप खुलेको तालको बहावले अर्काे दुई ढोकालाई आंशिक क्षति पु¥याउनुका साथै नहरमा बालुवा जमेर उत्पादनमा समस्या उत्पन्न भएको थियो ।

क्षतिग्रस्त आयोजना मर्मत गर्न ठूलो बजेट र समय लाग्ने भएकाले हाल अस्थायी रूपमा सञ्चालन गरी उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको केन्द्रले जनाएको छ ।

जुरे पहिरोले क्षति पु¥याई बन्द भएको त्यस क्षेत्रबाट उत्पादित ६७ मेगावाटमध्ये भैरवकुण्ड र चाकुको तीन आयोजनाबाट उत्पादित नौ मेगावाट दसैँअघि नै सञ्चालनमा ल्याई केन्द्रीय प्रसारण लाइनमा जोडिइसकिएको छ ।

पहिरोले क्षति पु¥याएको ४५ मेगावाटको माथिल्लो भोटेकोसी आयोजनाको पाँचवटा टावर निर्माण गर्न पाँच राजनीतिक दलले सेयरको माग गर्दै अवरोध सिर्जना गरेपछि काम अघि बढ्न सकेको छैन ।

त्यसैगरी, निजी क्षेत्रको सानिमा हाइड्रोको २ दशमलब ५ मेगावाटको आयोजना पनि ३७ दिनसम्म डुबानमा परी सम्पूर्ण मेसिनरी औजारलाई असर पु¥याएकाले उत्पादनमा समय लाग्ने बताइएको छ । रासस