५ कार्तिक २०८३, बिहिबार

लक्ष्मी बैंकले ल्यायो नर्भिक प्रिभिलेज डेविट कार्ड

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ पुस । लक्ष्मी बैंकले हालैमात्र नर्भिक प्रिभिलेज डेविट कार्ड सार्वजनिक गरेको छ । प्रिभिलेज कार्ड बाहकहरुलाई नर्भिक हस्पिटलका हेल्थप्याकेजहरुमा, रेडियोलोजी, प्याथलोजी, सर्जरी, नन् इन्भासिभ कार्डियोलोजी, सिटि/एमआरआइ एवम् म्यामोग्राम परीक्षण तथा वेड शुल्कमा छुट प्राप्त गर्नेछन् ।

यो सेवा लिनको लागि पहिलो लै लक्ष्मी बैंकमा खाता भएकाहरुले आफ्नो कार्डलाई बैंकले तोकेको न्यूनतम ५ हजार रुपैयाँ मौज्दात कायम गरी सो प्रिभिलेज कार्ड प्राप्तगर्न सक्नेछन् भने बैंकमा खाता नभएका ग्राहकहरुले लक्ष्मी बैंककमा खाता खोली २५० रुपैयाँमा ग्रिन इ–बैंकिङ प्याकेज तथा सम्पूर्ण इ–बैंकिङ सुविधाको साथ प्रिभिलेज कार्ड पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

उक्तको कार्ड ‘3 Tesla MRI and the most advanced 128 Slice CT Scan facility’को समुद्घाटन समारोहमा हस्पिटलका अध्यक्ष वसन्तकुमार चौधरी तथा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सामुहिक रुपमा सार्वजनिक गरेका थिए । यससँगै हस्पिटलको सम्पूर्ण उपचार सेवा न्यूक्लियर मेडिसिन सेन्टरका रुपमा परिणत भएका छन् । कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मी देवीशाह पनि उपस्थित थिइन् ।