काठमाडौँ, १५ पुस । बंगलादेशमा उत्पादित रनर ब्रण्डका मोटरसाइकल र स्कुटर अब नेपालमा आइपुगेको छ । नेपालका लागि आधिकारीका बिक्रेता रमण मोटर्स प्रालिले राजधानि मा उक्त मोटरसाईकलको सार्वजनिक गरेलगत्तै नेपालगञ्जका लागि डिलर लक्ष्मी ट्रेड लिंक प्रालिले अफ्नो शोरुम को उद्घाटन गरेको हो ।
नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवल समशेर राणाले शोरुम उद्घाटन गरेका हुन् । कार्यक्रमा नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बयस्य, बैंक तथा वित्तीय संस्था र अटोमोबाइल क्षेत्रका प्रतिनिधिलगायतको पस्थिति थियो ।
नेपालमा पहिलो पटक छ बर्ष वारेन्टी का साथ प्रस्तुत रनर ब्रण्डका ८० सीसी, १०० सीसी, ११० सीसी, १२५ सीसी, १५० सीसीका बाइक र ११० सीसीको गियर जडित क्लज रहित स्कुटर भित्र्याइएको हो । लक्ष्मी ट्रेड लिंकले भित्र्याएको रनर ब्रण्डका मोटरसाइकल र स्कुटरलाई ग्राहकले अत्यन्त रुचाइएको रमण मोटर्स प्रालिका बिजनेश डेभलपमेन्ट हेड सन्तोष न्यौपानेले बताए ।
उद्घाटनको अवसरमा विषेश छुट प्रदान गरेको बताउँदै लक्ष्मी ट्रेड लिंकका प्रतिनिधि डा. सुवास योगीले ग्राहकलाई बाईक खरिद गर्दा र तत्त पश्चात सर्भिसिङ र स्पेयर्समा विषेश ध्यानका साथ पूर्णरुपमा सन्तुष्ट बनाउने प्रयास गरिने बताए ।















प्रतिक्रिया