काठमाडौं, १४ पुस । एनसेलले ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हुँदै खुसियाली साटासाट गर्न र दु्रत गतिको मोबाइल ब्रोडव्याण्ड सेवा (फोरजी)को अनुभव प्रदान गर्न ‘एनसेल मेला २०७४’ शनिवार विराटनगरको हाटखोलामा आयोजना गर्दैछ । गत हप्ता पोखरामा भव्य रुपमा आयोजना पश्चात यो मेला विराटनगरमा आयोजना गर्न लागिएको हो ।
पोखरे लीदर्शक र पर्यटकहरुको मन जित्न सफल यो मेलाले विराटनगरमा पनि भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास लिइएको छ । बिहान ११ बजे शुरु हुने विविध मनोरञ्जनात्मक कार्यक्रमहरुले भरिपूर्ण मेलामा दर्शकहरुले विविध कार्यक्रम तथा गतिविधि र कन्सर्टको मजा लिन सक्नेछन् । मेलामा विभिन्न खेललगायत सबै मनोरञ्जनात्मक गतिविधीहरु फोरजी थिममा आधारित हुनेछन् र दर्शकहरुले चर्चित गायक तथा सांगीतिक समुहहरुको प्रस्तुतिबाट आनन्द लिन पाउने एनसेलले जनाएको छ ।
मेलामा कलाकारहरु शिव परियार, आषिश राना (लाउरे), सांगीतिक समुहहरुमा कबवेभ र द एजले आफ्नो प्रस्तुतीहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्ने बताइएको छ । रोडिज नेपालका विजेता समन श्रेष्ठ र फस्ट रनरअप अनिमेश शाही पनि मेलामा सहभागी हुनेछन् । त्यसैगरी स–साना बालबालिकाहरुको गायन प्रतिभा उजागर गर्न मेलामा ‘जुनियर सिङ्गिङ्ग आइडल’ कार्यक्रमको पनि आयोजना गरिनेछ ।
सबै उमेर समुहका दर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राख्दै विभिन्न कार्यक्रमहरु समावेश गरिएको मेलामा आ–आफ्ना साथीभाई र परिवारका साथ सहभागी भई रमाईलो गर्न एनसेलले आग्रह गरेको छ । थुप्रै खेलका स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्ने एनसेलले बताएको छ । साँझ ६ः३० बजे सम्मचल्ने मेलामा प्रवेश निःशुल्क गरिएको छ ।















प्रतिक्रिया