५ कार्तिक २०८३, बिहिबार

जर्जफिस्चर पाइपिङ सिस्टम्सः उपभोक्ताको जीवनमा नयाँ गुणस्तर थप्दै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । जर्ज फिस्चरले आफ्नो उत्पादनको नयाँ संस्करण नेपालमा सार्वजनिक गरेको छ । आफ्नो आधिकारिक बितरक सञ्चेती ट्रेड लिङ्क, मैतिदेवी, काठमाडौंमार्फत जर्ज फिस्चरले आफ्नो नयाँ रेञ्जको उत्पादन नेपालमाभित्राएको हो ।

जर्जफिस्चर पाइपिङ प्रणाली इलेक्ट्रोफ्यूजनपीई १०० फिटिङ्सको वृहत रेञ्ज, मेयरमेन्ट इन्स्टुमेन्ट्स र थुप्रै प्रोडक्टहरुमा एउटा नमुनाहो । पानी तथा ग्यासको सुरक्षित प्रवाहका लागि यो उत्कृष्ट उत्पादन हो । जर्ज फिस्चरका युटिलिटी हेड केतनशाह भन्नुहुन्छ, ‘पानीको स्रोत निकै सीमित हुँदै गएको छ । त्यसकारण हामीले सावधानीपूर्वक यस महत्वपूर्ण स्रोतको उपयोग गर्नुपर्छ । पानीको अभावको मुख्यकारण भनेको असमान वितरण र शुद्ध पानीको सीमित आपूर्ति हो । यो शताब्दीमा शुद्ध पानीको आपूर्ति गर्ने कुरा निकै जटिल चुनौति बनेको छ ।’

जर्ज फिस्चर पाइपिङ सिस्टम्स, थर्मो–प्लाष्टिक पाइपिङमार्फत पानीको स्थिर आपूर्तिको पूर्ण समाधान दिने एक अग्रणी उत्पादक हो । विश्वभर पानी संरक्षणका चुनौतिहरु सम्बोधन गर्न सक्ने र आफ्ना उपभोक्तालाई एकीकृत समाधान तथा सेवा दिनसक्ने एक मात्रै उत्पादक जर्ज फिस्चर हो । सञ्चेती ट्रेड लिंककापवनकुमार सञ्चेती भन्नुहुन्छ, ‘जर्ज फिस्चर पाइपिङ सिस्टम्स अहिलेको मागलाई सम्बोधन गर्नसक्ने चुहावटरहित र खियारहित प्लाष्टिक पाइप्स, फिटिङ्स र भल्भ्स हो ।’

उहाँले विगत एक दशकदेखि पानीको प्रयोगका क्षेत्रमा विश्वसनीय समाधानको विकास गर्दै घरायसीदेखि औद्योगिक र ठूला भवनका लागि उपयुक्त प्रविधिहरु उपभोक्तालाई दिने र पानीको स्रोतको प्रभावकारी व्यवस्थापनमा योगदान गर्दै आएको बताउनुभयो ।